काठमाडौं,१७ वैशाख । काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्सले कान्ती बाल अस्पतालमा कार्यरत डाक्टरको घरमा गएर आत्महत्या गरेकी छन् ।
प्रहरीका अनुसार वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले कान्ती अस्पतालका डा.सुजन ढकालको बोहोराटारस्थित घरमा गएर आत्महत्या गरेकी हुन् ।
ढकाल मृतक श्रेष्ठका प्रेमी हुन् । उनिहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र पटक-पटक विहे गर्न आग्रह गर्दा सुजन र उनको परिवारले अस्वीकार गरेपछि प्रेमीकै घरमा पुगेर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
प्रहरीले मृतक श्रेष्ठले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट फेला पारेको छ ।
उक्त नोटमा श्रेष्ठले आफुहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र विहे गर्ने सहमतीपनि भएको तर अहिले आएर ढकालको परिवारले विहे गर्न नमानेको उल्लेख गरेकी छन् ।
श्रेष्ठले प्रेमीको घरमै गएर आत्महत्या गरेपछि श्रेष्ठको परिवारले ढकाल र उनका बाबुविरुद्ध प्रहरीमा आत्महत्या दुरूत्साहनविरुद्धको मुद्दा दर्ता गरेका छन् ।
श्रेष्ठले ढकालको घरमै गएर आत्महत्या गरेको दिन ढकाल भने झापामा रहेको बताइएको छ ।
उनि के कति कारणले झापा पुगेका हुन् सो कुरा बाहिर नआएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।