Logo

सडक निर्माणमा ढिलाइ हुँदा आवागमनमा समस्या, ब्यापार चौपट्ट



बखतियार अलि.
सर्लाही,बैशाख १८ । सर्लाहीका २० वटा पालिकाका मुख्य सडक क्षेत्रमा भइरहेको नालासहितको सडक निर्माणकार्यमा ढिलाइले पैदल यात्रु र सवारी साधनहको आवागमनमा समस्या भएको हो ।

राष्ट्रिय गौरवका आयोजना हरिपुर्बा नगरपालिका देखि पर्सा गाउपालिका, ब्रहम्पुरी गाउपालिका देखि सदरमुकाम मलंगवा र वडा न ९ स्थित श्रीमती कृष्णादेवी जनता माद्यामिक विद्यालय देखि वडा न ८ स्थित नेपाल बैंक सम्मको मुख्य सडक क्षेत्रमा नाला सहित सडक स्तर उन्नतिको काम बिल्म्ब हुँदा सास्ती बढेको हो ।

वर्षाको समयमा खनिएका नाला र सडकको खाल्डाखुल्डीमा पानी भरिने, हिड्नै नसक्ने गरि सडक हिलाम्मे हुने जस्ता समस्याले पैदल यात्रु र यातायात संचालनमा समेत समस्या भएको छ ।

निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले नाला निर्माणका लागी जिल्लाका अन्य पालिका सहित सदरमुकाम मलंगवाको बाल मन्दिर चौक,नगरपालिका चौक र भगवती मन्दिर अगाडी सडकको विभिन्न ठाउँमा सडक भत्काएर अलपत्र पारेका छ । जिल्लाका सडक निर्माण अलपत्र पर्दा मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनेको छ, भने आवत जावतमा ठुलो समस्या देखा परेको स्थानीयहरू बताउँछन् ।

यति मात्रै नभइ स्तरोन्नतिको लागि पुरानो नाला भत्काएर अलपत्र छाडिएका नालाबाट निस्कने दुर्गन्ध र धुलोले विभिन्न सरुवा रोगको जोखिम समेत बढेको सो क्षेत्रका पसले तथा नागरिकले गुनासो गरेका छन्।

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको लापारवाही र ढिलासुस्तीका कारण आफुहरुको व्यापार चौपट भएको पसलेहरुले बताएका छन् ।

मुख्य सडक अस्तब्यस्त हुँदा वैकल्पिक मार्गमा यात्रु तथा सवारी साधनको चाप बढेको छ। जिल्लाका सबै वैकल्पिक मार्गहरु मुस्किलले एउटा गाडी मात्र गुड्न सक्ने साघुँरो भएकाले दुर्घटनाको जोखिम समेत बढेको छ।

गत बैशाख १२ गते मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा बसेको हुलाकी राजमार्ग समन्वय बैठकमा निर्माण कम्पनीसँग नालासहितको सडकको सम्पूर्ण निर्माणकार्य तोकिएको समयावधि भित्र सम्पन्न गरिसक्नु पर्ने सहमति र निर्णय भइसके पनि निर्माण कम्पनीले काममा ढिला सुस्ती गरिरहेका छन् ।

सम्बन्धित वडाका वडाअध्यक्ष र नगरपालिकालाई समेत टेरेको छैन । स्थानीय जनताहरू सडक निर्माण कार्य समयमा नसकेको कारण दुख भोगन बाध्य भएको छ ।



प्रतिक्रिया दिनुहोस्