काठमाडौं, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे यही शुक्रबारसम्म निर्णयमा पुग्ने भएको छ। सभापति रवि लामिछानेले आजको पार्टीको बैठकमा आफूहरुले भनेको मन्त्रालय र साझा कार्यक्रममा आफूहरुको कुरा समेटिए सरकारमा सहभागी हुने ब्रिफिङ गरेका हुन् ।
यो बीचमा प्रधानमन्त्री दाहालसँग छलफल गरेर निश्कर्षमा पुग्ने लामिछानेको भनाई छ । अधिकांश नेताहरुले सरकारमा सहभागितालाई लिएर साविकको मन्त्रालय पाउने भएमात्रै जानुपर्ने धारणा राखेका थिए । यसअघि रास्वपाले गृहसहितका मन्त्रालय पाएको थियो ।
अहिले पनि गृहसहितका मन्त्रालयमा उसको दाबी छ । प्रधानमन्त्री दाहालले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरिरहेका छन् । उनले आफू रास्वपाका माग पूरा गर्न सकारात्मक रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालसँगको भेटवार्ताबारे रविले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका छन् । सो भेटवार्तामा आफूले प्रधानमन्त्री दाहाललाई सकारात्मक पाएको पनि उनको ब्रिफिङ थियो ।
File Photo/ReportersNepal