काठमाडौं,१८ वैशाख । चर्चित कलाकार रियाशा दाहाल विवाह वन्धनमा वाधिने भएकी छन् । सानो पर्दाका टेलिफिल्म तथा म्युजिक भिडियोमा मोडलिङ गरेर सफल कलाकारको छवी बनाएकी दाहालले अन्नत: भिक्टर पौडलसँग लगनगाँठो कस्ने भएकी हुन् ।
भिक्टर र उनको विवाह वैशाख २० गते काठमाडौँमा एकपार्टी प्यालेसमा आयोजना हुँदैछ । उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन्। भक्तपुरको सूर्यविनायक निवासी रियाशा र काठमाडौंको गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् ।
रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।