तनहुँ, १९ वैशाख । तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उहाँका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् । दुवैजना यही वैशाख ३ गतेदेखि बेखबर छन् ।
माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताए । “आमाछोराको खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ”, उनले भने ।
भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किएका हुन्। रासस