Logo

पार्टीनिकट संगठनहरुले काम नगरेकोमा ओलीको आक्रोश– ‘के संगठनको दुध खान हुन्छ ?’



काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट संगठनलाई आगामी सक्रियताको साथ काम गर्न आग्रह गरेका छन् । आज (मंगलबार) मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गतिशील भएर आगामी निर्वाचनमा ५१ प्रतिशत भन्दा बढि मत ल्याउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘२३ वटा महासंघमा आवद्ध सयौं भन्दामाथि संगठन छ । अनि के संगठनको दुध खान हुन्छ ? संगठनले राजनीतिक काम गर्न परेन ? संगठनले जनतालाई सचेत बनाउन परेन ? संगठनको काम के त ? जे काम हो त्यो संगठनले गर्नुपर्यो नि,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्