काठमाडौं,१९ वैशाख । दार्चुलाको ब्याँस गाउँपालिका -१ बोलिनमा हिम पहिरो गएको छ ।
आज दिउँसो २ :४५ बजे हिमपहिरो गएको हो । हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको बताइएको छ ।
उक्त क्षेत्रमा ९/१० जना यार्सागुम्बा टिप्न गएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । हिम पहिरोले ब्याँस आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । file photo