काठमाडौं, २० बैशाख । आज बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवेशन यही बैशाख २४ गते बोलाउन सिफारिश गरेको छ ।
मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बैशाख २४ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।