काठमाडौं, २० बैशाख । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । आजमात्रै एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध यो प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । त्यसपछि बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्–‘नक्कली भुटानी सरणार्थी प्रकरण मा संलग्न सबैलाई कार्बाही गर्ने कुरा उचित छ ।नक्कलि लडाकु ,बालुवाटार , वाइडबडी लगायत सबै दोषिलाई कार्बाहि गर्न दलहरु एक हुनुपर्दछ । एमले ,काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाहि गर्नु पर्दछ ।”