Logo

सत्ता गठबन्धनको बैठक सम्पन्न, अगामी बजेटबारे छलफल



काठमाडौं, २० बैशाख । सत्ता गठबन्धनका शीर्ष दलको बैठक बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको छ।

बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आह्वान गरे लगत्तै बसेको सत्ता गठबन्धन बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतालाई एकरुपता कसरी दिने भन्ने विषयमा छलफल भएको उनले बताए।



प्रतिक्रिया दिनुहोस्