काठमाडौं, वैशाख २१ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्।मुख्यमन्त्री पाण्डेले आज अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका थिए। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी गण्डकी प्रदेशको चौँथो मुख्यमन्त्री बनेका हुन्।