Logo

चार्ल्सको राज्याभिषेकमा पूर्वराजालाई पठाउन कमल थापाको प्रस्ताव



काठमाडौं, वैशाख २१ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा नेपालको प्रतितिधित्व गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाउन अनुरोध गरेका छन् ।

नेपाल सरकारले सदाशयता र कुटनीतिक सुझबुझ राख्ने हो भने चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्रलाई अनुरोध गर्नु राष्ट्रहितको पक्षमा हुने उनको भनाइ छ ।

राज्याभिषेक समारोहमा नेपालको प्रतिनिधित्व गर्दै पूर्वराजालाई पठाए नेपाली र बेलायती राजपरिवार बिचको आत्मिय सम्बन्धलाई देशहितमा सदुपयोग गर्नु उपयुक्त हुने समाजिक सञ्जालमार्फत थापाले धारणा राखेका छन् । यता सरकारले राज्याभिषेकमा समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी

साउदलाई पठाउने निर्णय गरेको छ । मन्त्री साउद आज त्यसतर्फ प्रस्थान गर्दैछन् । मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन्। परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ।



प्रतिक्रिया दिनुहोस्