Logo

रास्वपालाई सरकारमा ल्याउन पहिला नै सहमति भएको एसका अध्यक्ष नेपालको खुलासा



काठमाडौं, २१ बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सरकारमा ल्याउने पहिला नै सहमति भइसकेको खुलासा गरेका छन्।

पार्टीको कार्यक्रममका लागि बिहीबार कैलाली पुगेका अध्यक्ष नेपालले रास्वपालाई पहिला नै सहमति भइसकेको खुलासा गरेका हुन्।

रास्वपालाई गठबन्धनमा ल्याउन अहिले पनि सामूहिक छलफल भइरहेको बताउँदै अध्यक्ष नेपालले भने, ‘छलफल भइरहेको छ पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो। मन्त्रालयको पनि टुंगो भइसकेको थियो। त्यही बेलामा लागू हुने अवस्थामा भएपनि निर्वाचनको कारणले रोकियो। अब यसलाई लागू गराउने कुरामा पनि पोजेटिभ कुराहरू छन्। गठबन्धनमा सामूहिक छलफल भएपछि टुंगिन्छ। अहिलेसम्म फाइनल भएको छैन।’



प्रतिक्रिया दिनुहोस्