काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा कानूनभन्दा माथि कोही नहुने बताएका छन् । उक्त प्रकरणमा कसैले पनि उन्मुक्ति पाउन नहुने रिमालको धारणा छ । भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीपनि मुछिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।
सो प्रकरणबारे रिमालले फेशुबकमा लेखेका छन्
भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन। छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ।यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।