Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव मुछिएपछि ओली भन्छन् : दोषी उम्किनु हुँदैन



काठमाडौं, २१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले पार्टी सचिव टोपबहादुर रायमाझी मुछिएपछि अध्यक्ष केपी शर्मा ओलीले दोषी उम्किनु नहुने बताएका छन्।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी  उम्किनु बताएका बताए।

‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्किनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन,’ उनले भने।

सो प्रकरणमा सचिव रायमाझीमाथि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छभने उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउगरि थप अनुसन्धानका लागि अदालतबाट ३ दिनको म्याद थप गरिसेको छ।



प्रतिक्रिया दिनुहोस्