Logo

भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा प्रधानमन्त्री प्रचण्डको कदम



काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रष्टाचारको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् । उनले सुशासनको पक्षमा आफ्ना कदम चालेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले प्रधानमन्त्रीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा चालेका कदम सार्वजनिक गरेकोछ ।

प्रधानमन्त्री दाहालले मिटरब्याजलाई कारबाही गर्न अध्यादेश जारी गरेकोदेखि नक्कली भुटानी शरणार्थी बनाएर ठग्क्ष्ने गिरोहमाथि कारबाही गरेको कुरा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री दाहालले स्मार्ट टेलिकम प्रालिको अनुमति खारेज गरेर राष्ट्रियकरण गरेका छन् । यस्तै, कीर्तिपुरस्थित् क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन बजेटको व्यस्था गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्