काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठक सिंहदरबारमा बसेको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बेलुका पार्टी पदाधिकारी बैठक बोलाएका थिए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरालगायतका नेताहरुको सहभागीता रहेको थियो।
पार्टी पदाधिकारीको अनौपचारी बैठक बसेको र बैठकमा सरकारको प्रभावकारिता, नीति–कार्यक्रम, बजेट, नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको सचिवालयले जनाएको छ।
file photo