काठमाडौं, २७ बैशाख । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले भ्रष्टाचारीको कुनै लिंग, जात, धर्म, बर्ण, क्षेत्र, राजनीतिक पार्टी र राष्ट्रियता नहुने बताएका छन्।
बुधबार निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले भ्रष्टाचारीको कुनै लिंग, जात, धर्म, बर्ण, क्षेत्र, राजनीतिक पार्टी र राष्ट्रियता नहुने बताएका हुन्।
उनले भने, ‘भ्रष्टाचारीको कुनै लिंग, जात, धर्म, बर्ण, क्षेत्र, राजनीतिक पार्टी र राष्ट्रियता हुँदैन भन्ने मान्यताका साथ भ्रष्टहरुलाई कारवाही गरेरै छाड्छौं।’
गृहमन्त्रीलाई आफूले भ्रष्टाचारीलाई कारवाही गर्ने बिषयमा खुट्टा नकमाउन भनिसकेको बताउँदै उनले भने, ‘मैले उहाँलाई मात्रै होइन, प्रधानमन्त्रीलाई पनि भनेको छु एक ठाउँमा उभिऊँ। रुपान्तरण गर्ने क्रममा अनुहार हेर्न हुन्न। कुनै दलको पछ्यउरीले अनुहार छोपेर काल कर्तुत गर्नेहरुलाई अब ति पछ्यउँरीहरु उघार्दिनैपर्छ।’