Logo

बालकृष्ण खाँण पक्राउ परेपछि महेन्द्र यादवको टिप्पणी : लोकतन्त्र समाप्त पार्ने खेल सुरु भयो



काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँण पक्राउ परेपछि लोकतन्त्र नै समाप्त पार्ने खेल सुरु भएको टिप्पणी गरेका छन् । उनले खाँणको पक्राउलाई लिएर डेमोक्रेसीमाथिको आक्रामणको संज्ञा दिए ।

उनले भने,‘“डेमोक्रेसी सिध्याउने खेल भइरहेको छ । राजा र पञ्चायतसँग बालकृष्ण खाँण पैसा कमाउन लडेको हो ?” उनले अब मिडियामाथि पनि आक्रमण सुरु हुने खतरा औंल्याए ।

खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज पक्राउ गरेको हो । उनलाई अहिले अनुन्धानको लागि हिरासतमा राख्न अनुमति लिनको लागि अदालत लगिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्