Logo

शरणार्थी प्रकरण : सभापति देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक



काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

सिंहदरबारमा शीर्ष तीन दलका प्रमुख नेताहरुको छलफलपछि सभापति देउवाले अहिले नै पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजमात्रै कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकुष्ण खाँण पक्राउ परेको र सो विषयमा पार्टीमा छलफलका लागि सभापति देउवाले आफ्नो निवास धुम्बाराहीमा बैठक बोलाएका हुन्।



प्रतिक्रिया दिनुहोस्