Logo

कांग्रेसले खाँणलाई तत्काल निलम्बन नगर्ने



काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल निलम्बन नगर्ने भएको छ।

बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका खाँणलाई तत्काल निलम्बन नगर्ने निर्णय गरेको हो।

सो प्रकरणमा खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने बैठकले निष्कर्ष निकालेको हो।



प्रतिक्रिया दिनुहोस्