काठमाडौं,२९ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीतिको कारण ब्याजदर घट्नसक्ने अपेक्षा व्यक्त गरेका छन् ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।
‘तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दरलाई साढे ८ प्रतिशतबाट घटाएर साढे ७ प्रतिशतमा झारेको छ । आर्थिक असहजतालाई सहज बनाउनको लागि मौद्रिक नीति लचिलो बनाएका छौँ,”अधिकारीले भने’। file photo