Logo

प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कवीन्द्र नेपाल चयन



काठमाडौं,३० वैशाख । नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कवीन्द्र नेपाल चयन भएका छन् । युनियनको शुक्रबार सम्पन्न २१औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई चयन गरेको छ ।  यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव तथा भुवन जिसी सह–कोषाध्यक्ष चयन भएका छन् ।
कार्यसमिति सदस्यमा ललित पाण्डे, माधव पौडेल, तिर्सना पन्थी, सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पान्डे, ललिता घिमिरे, सिर्जना भट्टराई, मिठु खान, जयस महमद खान र ज्ञानकुमारी विक निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन समारोमा विभिन्न शीर्षकका पुरस्कारले अग्रजहरुलाई सम्मान गरिएको थियो । जिपी कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष तथा प्रेस युनियन रुपन्देहीका पूर्वसभापति रामराज पोखरेललाई सम्मान गरिएको छ ।
यसैगरी वर्ष २०७९ का लागि सोही शीर्षकको पुरस्कार पत्रकार भवानीप्रसाद पाण्डेलाई प्रदान गरियो । उक्त पुरस्कार रु २५ हजार राशिको रहेको छ । यसैगरी टोप सुशीला शिक्षा पत्रकारिता पुरस्कारबाट रु २० हजार राशिसहित पत्रकार माधव नेपाल सम्मानित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्