काठमाडौं, जेठ १ । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द हुने भएको छ । आयोजना स्थल मुहानमा मर्मत सम्भार गर्नका लागि दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाको ९ नं गेट रहेको हेलम्बुस्थित मुहान तथा हेडवक्स्रमा सिलिन्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकोले उपत्यकामा पानी वितरण बन्द गरिएको हो ।
पहिलो पटक मेलम्चीको पानी २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो । २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठुलो क्षति पुु¥याएपछि पानीको वितरण बन्द भएको थियो ।