Logo

संसद् सचिवालयमा पुग्यो रायमाझी पक्राउबारे प्रहरीको पत्र



काठमाडौं,१ जेठ । नेकपा एमालेका सांसद् तथा निलम्बित पार्टी सचिव टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहित नेपाल प्रहरीको पत्र औपचारिक रुपमा संसद् सचिवालयमा पुगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौबाट हिजो पक्राउ परेका रायमाझीको पक्राउबारे पत्र सचिवालयमा पठाइएको हो ।

रायमाझी गत वर्षको मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट भारी मतसहित निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्