काठमाडौं,१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता तथा निलम्बित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको बयान लिन सुरू भएको छ ।
जिल्ला अदालत काठमाडौंबाट तीन म्याद थप भएपछि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा ल्याएर रायमाझीको बयान थालिएको हो।
प्रहरी हिरासतमा रहेका रायमाझीको आजै सांसद पदसमेत निलम्बन भइसकेको छ ।