काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरी आफैं प्रहरी कार्यालयमा पुगेका छन् । पाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सञ्चार माध्यममा आएपछि उनी बुझ्नका लागि प्रहरी कार्यालयमा पुगेका हुन् ।
पूर्वसांसद शेर्पाले आज (सोमबार) केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पुगेका थिए । प्रहरीले उनी प्रहरी कार्यालयमा आएर बुझ्नुलाई आत्मसमर्पण गरेको भन्न नमिल्ने बताएको छ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई हिरासतमा भेटेपछि प्रहरीले उनीविरुद्ध पनि निगरानी बढाएको थियो ।