Logo

पर्यटनमन्त्री किराँतीको खुलासा, ‘अरुले नै संसद् र मन्त्री चलाउछन्, हामी त डमीमात्रै’



काठमाडौं, २ जेठ । पर्यटमन्त्री सुदन किराँतीले संसद् र मन्त्री अरुले नै चलाउने खुलासा गरेका छन्।

मंगलबार संघीय संसद्‍अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले उक्त खुलासा गरेका हुन्।

उनले भने, ‘यहाँ अरुले नै संसद चलाउँदो रहेछ। हामी त डमीमात्रै रहेछौं। अरुले नै चलाउँदो रहेछ मन्त्री त। हामी त शोकेशको मान्छे मात्रै रहेछौं। मलाई लागेको कुरा यो हो। हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ। र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ। संसदमा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो। चासो गरिदिनु पर्‍यो। तपाईंहरूले बोलिदिनु पर्‍यो। अनिमात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ।’



प्रतिक्रिया दिनुहोस्