Logo

कांग्रेस पूर्वसांसद शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति



काठमाडौं,२ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्व संविधान सभा सदस्य आङटावा शेर्पालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उनीविरुद्ध नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने कार्यमा संलग्न सानु केसीलाई हिरासतमा भेटेपछि पक्राउ पूर्जी जारी भएको थियो ।

शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए।

पक्राउपूर्जी जारी भएपछि प्रहरीसामु आत्मासर्मपण गरेका शेर्पालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
शेर्पा २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा रामेछाप १ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्