काठमाडौं, २ जेठ । मन्त्रिपरिषद् बैठकले बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ गते मृत्यु भएका कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भइका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।’