काठमाडौं,३ जेठ । साताको चौंथो दिन आज सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ ।
बुधबार सेयर बजार परिसूचांक नेप्से २३.३९अंकले वृद्धि भएको छ । २३.३९अंकले वृद्धिहुँदै नेप्से आज १८४५ बिन्दुमा पुगेको छ ।
नेप्से बढेको दिन आज कारोबार भने मध्ययम देखिएको छ । आज २५ लाख ७७ हजार कित्ता सेयर कूल ८५ करोड ७६ लाख २४ हजार बराबरमा कारोबार भएको छ ।
१८७ कम्पनीको मूल्य बढेको दिन आज २५ कम्पनीको मूल्य भने घटेको छ त्यस्तै ७ कम्पनीको मूल्यमा कुनै फेरबदल आएको छैन ।