Logo

योगगुरु बाबा रामदेव खप्तड जाँदै



काठमाडौं, जेठ ५ । भारतीय योगगुरु बाबा रामदेव सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडमा पुग्ने भएका छन् । आगामी जेठ २३ देखि २५ गतेसम्म डोटी, बझाङ, बाजुरा र अछामको संगमस्थल खप्तडमा आयोजना हुने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुन बाबा रामदेव नेपाल आउने भएका छन् ।

सम्मेलनको तयारीबारे जानकारी गराउन धनगढीमा विहीबार भएको बैठकमा बोल्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सो सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहने जानकारी दिएका छन् ।

आध्यात्मिक सम्मेलनले सुदूरपश्चिम र खप्तडको महत्व अन्तर्राष्ट्रियस्तरमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्