Logo

नीति तथा कार्यक्रमप्रति एमाले सांसद महतोको प्रश्नैप्रश्न,भनिन् ‘नीति तथा कार्यक्रम गतिहिन दस्तावेज’



काठमाडौं,७ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथि कडा रुपमा टिप्पणी गरेको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने एमालेका सबै सांसदहरुले सरकारको नीति तथा कार्यक्रमले जनतालाई आशा जगाउन नसक्ने भन्दै पुनःलेखन नगरिए पास गर्न नदिने धम्कीसमेत दिए ।
बैठकमा बोल्दै एमाले सांसद् जुलीकुमारी महतो महासेठले सरकारको नीति तथा कार्यक्रम दिशाविहिन दस्तावेज भएको टिप्पणी गरिन् ।

महतोले भनिन् ‘१८८ बुँदामा ल्याइएको नीति तथा कार्यक्रममा सबै राम्रा शब्द राख्न खोजिएको छ तर कार्यान्वयनलाई ध्यान दिइएको छैन’ । उक्त नीति तथा कार्यक्रममा आर्थिक,राजनीतिक,सामाजिक, सांस्कृतक कुनै समस्याको पहिचान नभएको भन्दै महतोले बिना तयारी ल्याइएको कार्यक्रममा सरकार आफै अल्मलिएको जस्तो आभाष भएको बताइन् ।

सरकार र अर्थमन्त्रीलाई प्रश्न गर्दै उनले सोधिन् ‘बर्तमान अर्थतन्त्रको समस्याको बारेमा कुनै सम्बोधन नै नगरिकन यो नीति तथा कार्यक्रम कहाँ पुग्ने हो ? उदेश्य के हो ? गन्तव्य के हो ? । सरकारले चर्चामा आउन लोकप्रिय नीति ल्याउने चक्करमा लाग्दा सरकारले नीति तथा कार्यक्रमको उदेश्य विर्सिएको भन्दै सरकारको नीति गतिहिन दस्तावेज भएको स्पष्ट भएको दावी गरिन् ।

उनले नीति तथा कार्यक्रममा जनताको आम्दानी स्तर कसरी बढाउने,उत्पादन बढाउने ठोस नीति के हो? बेरोजगारी समस्या समाधान कसरी गर्ने आदी कुरा उल्लेखै नगरी सिधै २ वर्षमा ५ लाखलाई रोजगारी प्रदान गर्ने भनिएको नीतिले गर्दा शुसाशन ,नीतिगत भ्रष्टचार,नीजि क्षेत्रको लगानी आदीको समस्या समाधान गर्न नसकेको बताइन् । सरकराको नीति तथा कार्यक्रममा १६औं योजनाको कुरा उल्लेख गरिँदा १५औं पञ्चवर्षीय योजनाको वास्तविक अवस्था के छ ? भन्दै प्रश्न गरिन् ।

सरकारलाई प्रश्नैप्रश्न गरेकी महतोले सरकारले नीति तथा कार्यक्रममा केही रुग्न तथा बन्द अवस्थाका उद्योगलाई पुनःसञ्चालनमा ल्याउने भनिएपनि जनकपुर चुरोट कारखाना ,वीरगन्ज चिनि मिल तथा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन पर्दैन भन्दै सरकरासँग प्रश्न गरिन् ।



प्रतिक्रिया दिनुहोस्