Logo

प्रधानमन्त्री दाहालले थाले भारत भ्रमणको गृहकार्य, बालुवाटारमा मन्त्रीदेखि सचिवसम्म छलफलमा



काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न भारत भ्रमणको तयारी थालेका छन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते भारत भ्रमणमा जाने तय भएको छ । उनी तीन दिने भ्रमणको लागि भारत जान लागेका हुन ।

भारत भ्रमणको क्रममा नेपालले उठाउनुपर्ने एजेण्डाबारे परराष्ट्रमन्त्री एनपी साउदले गृहकार्य थालिरहेका छन् । मन्त्री साउदले यसअघि पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदूतहरुसँग छलफल गरिसकेका छन् ।

प्रधानमन्त्री दाहालले भने आज परराष्ट्रमन्त्री साउद, मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरत पौड्यालसँग् छलफल गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको पनि उपस्थिति थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्