काठमाडौं,९ जेठ । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि कुनैपनि बैठक बस्न नसकी चैत २९ गते अन्त्य भएको कोशी प्रदेशको अधिवेशन आह्वान गरिएको छ ।
सोमबार बसेकोे प्रदेश मन्त्रिपरिषदको बैठकले १४ गतेका लागि बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिस अनुसार आज प्रदेश प्रमुख पर्शुराम खापुङले यहि जेठ १४ गतेका लागि बजेट अधिवेशनको आह्वान गरेका हुन् । एमाले नेता हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले गरेको नामाकरणको विरोधमा पहिचानबादीहरु निरन्तर आन्दोलनमा रहेका छन् ।
केही समयअघि पहिचानवादीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमणको प्रयास गर्दै कालो झण्डासमेत देखाएका थिए ।