काठमाडौं,१० जेठ । साताको चौथो कारोबार दिन बुधवार पनि सेयर बजार दोहोरो अंकमा वृद्धि भएको छ ।
आज सेयर बजार परिसूचांक नेप्से १६.४९ अंकले वृद्धि हुँदै १९५९.१२ अंकमा पुगेको हो ।
४८ लाख कित्ता बराबरको सेयर आज कूल १ अर्ब ८७ करोड भन्दा बढिमा कारोबार भएको छ ।
नेप्सेमा सात दिनको अन्तरालमा १४० अंकको बृद्धि भएको छ भने कारोबार पनि उल्लेख्य मात्रामा बढिरहेको छ ।
आज कारोबार भएकामध्ये १३१ कम्पनीको मूल्य वृद्धि हुँदा ८७ कम्पनीको मूल्यमा सामन्य गिरावट आएको छ भने ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।
सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट पेस हुने बेला भएको कारण अझै केहिदिन नेप्समा उछाल आउने अनुमान लगानीकर्ताहरुको रहेको छ ।