Logo

दिनदिनै फेसवास गर्नुहुन्छ? यसरी हप्तामा एक दिन गरेपनि चम्किलो हुन्छ अनुहार



काठमाडौं, ११ जेठ । गर्मी समयमा छालामा तेल जम्मा हुन्छ र छाला टाँसिने हुन्छ। विशेषत: महिलाहरूको हकमा घरेलु कामका साथै बाहिरको कामपनि सम्हाल्नु पर्ने हुन्छ, यस्तो अवस्थामा अनुहारमा बढी फोहोर जम्मा हुन्छ र अनुहार मलिन देखिन्छ।

हरेक दिनको व्यस्तताका कारण हामीले आफ्नो हेरचाह गर्ने समय पनि पाउँदैनौं। यस्तो अवस्थामा हप्तामा एक दिन मात्रै छालाको हेरचाह गर्ने सही दिनचर्या अपनाएमा छालामा हराएको चमक फिर्ता पाउन सकिन्छ। हप्ताको एक दिन यो काम गर्नुहोस् र पुरै हप्ताभरको लागि छुटकरा पाउन सक्नुहुन्छ।

क्रमश: तल उल्लेख दिएका टिप्सहरू अपनाउनुहोस् :

१- तेलले सफाई
तपाईंले सफाईबाट छाला हेरचाहको दिनचर्या सुरु गर्नुपर्छ। यसका लागि तपाईंले बदामको तेल प्रयोग गर्नुपर्छ। केही थोपा बदामको तेल लिनुहोस् र अनुहारमा राम्रोसँग मसाज गर्नुहोस्।

बदामको तेलमा भिटामिन ए र भिटामिन ई पाइन्छ, यसरी यसले छालालाई आवश्यक पोषण दिन्छ र भित्रबाट सफा गर्छ।

२- प्राकृतिकरूपमा अनुहार धुनुहोस्
अनुहारलाई प्राकृतिकरूपमा सफा गर्न हत्केलामा मह लिनुहोस् र त्यसपछि अनुहारमा लगाउनुहोस्। लगभग १० मिनेटको लागि छोड्नुहोस्। यसपछि पानीले अनुहार धुनुहोस्।

३- बाफ
एउटा ठूलो भाँडोमा पानी उमालेर त्यसमा केही थोपा ल्याभेन्डर तेल हाल्नुहोस्, अब यो पानीले केही मिनेट बाफ गर्नुहोस्।

४- स्क्रब गर्नुहोस्
प्राकृतिक स्क्रब बनाउनको लागि केही बदाम पिसेर त्यसमा चिनी र दूधको धूलो मिलाएर पेस्ट बनाउनुहोस्। यो पेस्टले अनुहार स्क्रब गर्नुहोस् र केही मिनेटपछि धुनुहोस्। यसले अनुहारको फोहोर र तेल हटाउँछ र दागहरू हटाउँछ।

५- फेस मास्क
प्राकृतिक फेस मास्क बनाउनको लागि कचौरामा बेसार, मह, पुदिनाको धूलो र गुलाबजल मिसाएर पेस्ट बनाउनुहोस्। अब यसलाई फेस मास्क जस्तै लगाउनुहोस् र १०-१५ मिनेटसम्म राख्नुहोस् र सफा गर्नुहोस्।

६- मोइस्चराइजर
फेस मास्क लगाएपछि अनुहारलाई मोइस्चराइज गर्न एलोभेरा जेल लगाउनुहोस्। एलोभेरा जेलमा एन्टिअक्सिडेन्ट हुन्छ र एन्टी एजिङ गुणपनि हुन्छ।



प्रतिक्रिया दिनुहोस्