Logo

नगर सरकारको ध्यानाकार्षण गराउन साह आमरण अनशनमा



काठमाडौं, २२ जेठ । सिराहाको कल्याणपुर नगरपालिकाले जनसरोकारका विषयमा ध्यान नदिएको भन्दै शुभेन्द्र कुमार साहले नगर सरकारविरुद्ध आमरण अनशन थालेका छन् ।

साहले आफ्नो सत्याग्रहबारे पनि प्रकाश पारेका छन् । उनले कल्याणपुर स्वास्थ्य चौकीको अधुरा बाउण्डरी पर्खाल अविलम्ब पूरा गरी रामजानकी धर्मशालाको दक्षिणपट्टी हुादै नगरपालिकाको कार्यालय पछाडितर्फ नक्सामा काटिएको बाटो सूचारु गर्नुपर्ने माग गरेका छन् ।

यसको साथै, कल्याणपुर नगरपालिकामा नयाँ नियुक्त गरिएका सव–इन्जिनियर्स, असिसेन्ट सव–इन्जिनियर, रोजगार प्राविधिक, सूचना प्राविधिक अधिकृत र अमिनहरुको परीक्षा लिएका उत्तरपुस्तिकाहरु राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा जाँच गराई नियुक्त प्रक्रियामा गरेका भ्रष्टाचार छानविन गर्न पनि उनको अर्को माग छ । उनले नातावादमा आधारित कर्मचारी नियुक्ती खारेजीको मागसमेत गरेका छन् ।

उनले राखेका अन्य मागहरु यस्ता छन्-



प्रतिक्रिया दिनुहोस्