काठमाडौं,२९ जेठ । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको सार्वजनिक जग्गामा डोजर चलाएको छ ।
सोमबार अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरले डोजर चलाएपछि स्थानीय बासिन्दाले चर्को विरोध गर्दै डोजर आतंक रोक्न माग गरेका छन् ।
एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् । अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त बनेको छ ।
स्थानीय बासिन्दाको विरोधको बाबजुदपनि महानगरपालिकाले भने स्थानीयहरुको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ ।