काठमाडौं,२९ जेठ । सिन्धुलीको कमलामाई नदिले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।
कमलामाई खोलाले बगाउँदा सोमबार विहान कमलामाई नगरपालिका -१३ माथिल्लो रानीबास निवासी ६९ वर्षीय पूर्णबहादुर दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दाहाल आफ्ना छिमेकीसँग गोरु खोज्न मडाहा गएको र मडाहाबाट गोरू किनेर फर्किएका थिए। कमलामाई नगरपालिका वडा नम्बर १४ खिरखिरे चन्दनपुरस्थित कमलामाई खोलाबाट गोरू तार्न खोज्दा दाहाललाई बगाएको हो ।