Logo

विपक्षी दलका नेताले २ घण्टा टिप्पणी गरेपछि बजेट महत्वपूर्ण भएको महसुस गरें : अर्थमन्त्री महत



काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदहरुको टिप्पणीले आफु उत्साहित भएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बजेटमाथि सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै महतले विपक्षी दलको नेता केपी शर्मा आलीले बजेटमाथि २ घण्टा लगाएर टिप्पणी गरेपछि आफु झनै उत्साहित भएको बताए ।

‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो। यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन्। यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ। होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो। त्यस अर्थमा मलाई खुसी लागेकोछ।’अर्थमन्त्री महतले भने ।



प्रतिक्रिया दिनुहोस्