काठमाडौं, २९ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नागरिक उड्ययन प्राधिकरण विघटन गर्ने तयारी गरेका छन् । उनले प्राधिकरण विघटन नगरेसम्म नेपालको नागरिक उड्ययन क्षेत्रको विकास नहुने निश्कर्ष निकालेका छन् । नेपालले सन् १९६० मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सदस्यता प्राप्त गरेको थियो। यो स्वायत्त संस्था हो ।
अहिले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी छन् । मन्त्री किराती र प्राधिकरणका महानिर्देशक अधिकारबीच राम्रो सम्बन्ध छैन् । मन्त्री किरातीले प्राधिकरण किन विघटन गर्न खोजेका हुन ? भन्ने विस्तारै खुल्दै जाला । युरोपेली युनियनले सन् २०१३ को डिसेम्बरदेखि नेपालको हवाई उड्डयनलाई कालो सूचीमा राखेको छ । इयूले अनेक बहानामा नेपाली उड्डयन क्षेत्रको कालोसूची कायमै राखेको छ ।
नेपाललाई युरोपको कालोसुचीबाट हटाउन प्राधिकरणले कुनै सकारात्मक भूमिका नखेलेको मन्त्री किरातीको गुनासो छ । त्यही भएर उनले प्राधिकरण नै विघटन गर्नुपर्ने मत राखेका छन् । File Photo/ReportersNepal