Logo

नेपाल एयरलाइन्सले राष्ट्रिय ध्वजाबाहक हुनुको आफ्नो दायित्व पुरा गरेको छ : मन्त्री किराती



काठमाडौं, ३० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले राष्ट्रिय ध्वजाबाहक हुनुको आफ्नो दायित्व पुरा गरेको बताएका छन् । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडानको लागि सम्भावना छ भनेर स्थापित गर्नुपर्ने पनि सुनाएका छन् । उनले भावी दिनमा बुद्ध सर्किट राष्ट्रहरुबाट पनि उडान भर्न प्रयास भैरहेको जानकारी गराएका छन् ।

आज नेपाली जहाज क्वालालम्पुरबाट उडेर भैरहवा विमानस्थलमा अवतरण गरेको हो । सो क्रममा उनले यात्रुहरु सबैलाई स्वागतसमेत गरेका थिए ।

उनले लेखेका छन्-“नेपाल एयरलाइन्सले राष्ट्रिय ध्वजाबाहक हुनुको आफ्नो दायित्व पुरा गरेको छ । यसलाई निरन्तरता दिनै पर्छ । अब सुतेर बस्न छुट छैन । माके॔टिङग गरी यो एयरपो॔टमा व्यवसायिक उडानको लागि सम्भावना छ भन्ने स्थापित गनु॔पछ॔ । भावी दिनहरूमा बुद्ध सकि॔ट राष्ट्रहरूबाट पनि उडान गन॔ प्रयास भैरहेको छ । यो बिमानस्थल बन्नुको प्रमुख उद्देश्य पनि यही हो । ट्रङ्करूटका जहाजहरू खरिद गरी क्षेत्रीय बिमानस्थलको बजार हस्तक्षेप गरिने छ । भाडा दर सस्तो हुनेछ त्यसपछि कनेक्सन उडान माफ॔त कनेक्टीभिटी बढ्ने छ । नेपाली उत्पादनको बजारको पहुच विश्व बजारमा हुनेछ । गौतम वुद्ध अन्तराष्ट्रीय विमानस्थल , भैरहवा ।”



प्रतिक्रिया दिनुहोस्