Logo

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत



काठमाडौं,३० जेठ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ  ।

आज बसेको प्रदेश सभाको बैठकमा गत २४ गते प्रदेश प्रमुख देवराज जोशीले सार्वजनिक गरेको नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपक्षमा आफ्नो मत जाहेर गरेपनि सत्तारुढ दलसँग बहुमत भएको कारण उक्त नीति तथा कार्यक्रम सहजै पारित भएको हो ।

प्रदेश सभाको अर्को बैठक जेठ ३२ गते बस्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्