Logo

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै



काठमाडौं, जेठ ३१ । संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठक अहिले विहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरुसंग छलफल गरिने सुनुवाइ समितिका सचिव पदम पाण्डेले जानकारी दिए ।

संवैधानिक परिषद्को बैठकबाट गत वैशाख २५ गते कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । गत जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले उहाविरुद्ध उजुरी दिनका लागी १० दिनको समय तोकेको थियो ।

निर्धारित समयमा २९ वटा उजुरी परेका छन् । उजुरीकर्तामा बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताहरू, अभियन्ता र अन्य केही रहेका छन् ।

उजुरीकर्ताहरुसंगको छलफल सकिएपछि भोलीको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसंग छलफल गरिने पनि सचिव पाण्डेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्