Logo

इप्पानको अध्यक्षमा कार्की र मल्लबीच प्रतिस्पर्धा



काठमाडौं, जेठ ३१ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २-२ जनासहित ३८ जनाको उम्मेदवारी परेको छ। २५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ताको लागि मंगलबारसम्मको समय तोकिएको थियो। ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ।

उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेको छ। उनीहरू निर्विरोध निर्वाचित भएका छन्। ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ। सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ। १० जना सदस्यहरूको लागि १७ जनाको उम्मेदवारी परेको छ।

सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणि नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकासकुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन्। ३ जना महिला सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध भएका छन्। अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यही जेठ ३२ गते निर्वाचन हुनेछ। हायात होटलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ।

 



प्रतिक्रिया दिनुहोस्