Logo

प्रचण्ड नेपालको राजनीतिमा ‘धोकेबाज हौ तिमी’ नेता हुन्, हामी धोकेबाजको पछाडि लाग्दैनौं : महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अब पूरानो नेकपा व्युँताउने सम्भावना नरहेको स्पष्ट पारेका छन् । अब आफूहरु प्रचण्ड र माधव नेपालहरुको बार्गेनिङ पावर बढाईदिने पक्षमा नरहेको उनको भनाई छ । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

बरु, अब कांग्रेस नयाँ ढंगले आउँछ भने सत्ता सहकार्यको लागि छलफल गर्न आफूहरु तयार रहेको उनको भनाई छ । उनले माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) र नेसपाहरु मिलेर समाजवादी मोर्चा बनाए आफूहरुको शुभकामना रहने बताए । बस्नेतले आफूहरु मिसन ०८४ मा लागिसकेको सुनाए ।

उनले आफ्नो स्वार्थ पूरा गर्नको लागि प्रचण्ड र माधव नेपालहरुले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको आरोप लगाए । उनले प्रचण्डले कांग्रेसबाट धोका पाउँदापनि आफूहरुले बालकोटमा बोलाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको स्मरण गराए । तर, प्रचण्डबाट आफूहरुलाई फेरि धोका भएको सुनाए ।

उनले भने,”हामीले प्रचण्डले गल्ती स्विकार्नुभयो भनेर कांग्रेसले लात हानेको बेलामा बालकोटमा बोलाएर एमालेले सत्ता सुम्पने काम गरेको थियो । दुई महिनामै हामीलाई लात हान्ने काम गर्नुभयो । प्रचण्ड नेपाली राजनीतिमा धोकेबाज हौ तिमी नेता हुन् । त्यसो भएको हुनाले हामी धोकेबाजको पछाडि फेरि लाग्दैनौं ।”



प्रतिक्रिया दिनुहोस्