Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ सुरु



काठमाडौं, जेठ ३२ । संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग छलफल सुरु भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित भएका थिए । समितिका सदस्यहरु समक्ष कार्कीले आफ्ना योजनाहरु प्रस्तुत गरिसकेका छन् । अहिले समितिका सदस्यहरुले उनीविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गर्ने क्रम चलिरहेको छ ।

समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफलको औपचारिकता पूरा गरेपछि कार्कीलाई आज समितिमा बोलाएको हो ।

कार्कीसँगको सुनुवाइ सकिएपछि समितिले आजै सिफारिस अनुमोदन गर्नसक्ने बुझिएको छ । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्