मकवानपुर, जेठ ३२ । मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
बुधबार बकैया–८,का जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउन फलामको खन्तीले खाडल खन्ने क्रममा खन्तीले तारलाई छुँदा स्थानीय स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पूर्णबहादुर लो को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।