काठमाडौं,३२ जेठ । अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आजै बजेट सार्वजनिक गर्ने भएको छ ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपा नेपालले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कार्की नेतृत्वको प्रदेश सरकारले हिजो आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै चालू अधिवेशन अन्त्य भएको थियो ।
बुधबार अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार अध्यादेश जारी गरेका थिए । प्रदेश प्रमुख खापुङ्गले मन्त्रिपरिषदको सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका हुन्।
अध्यादेशमार्फत कोशी प्रदेश सरकारले आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।